काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने वा बेलायतमा ट्रान्जिट भएर नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ‘ट्रान्जिट’ भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।
भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ। पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।
कोरोना भाइरसको नयाँ स्ट्रेनले फैलियो त्रास : बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन भेटिएपछि सारा विश्वमा त्रास पैदा भएको छ ।
यो अत्याधिक संक्रामक म्यूटेन्टबाट बढेको तनावकाबीच विभिन्न देशहरुले बेलायतबाट आउने फ्लाइट्समा प्रतिबन्ध लगाएका छन् । बेलायतपछि इटालीमा पनि नयाँ स्ट्रेनको कोरोना देखिएको बताइएको छ ।
त्यस्तै डेनमार्क, अष्ट्रेलिया, नेदरल्याण्ड्समा पनि कोरोनाको नयाँ स्ट्रेन पाइएको बताइएको छ । जसका सारा फ्रान्समा हाई अलर्टमा बस्न भनिएको छ ।
भारतले पनि बेलायतबाट आयने फ्लाइट्समा ३१ डिसेम्बरसम्मको लागि प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोनाको नयाँ स्ट्रेनका कारण तीव्र रुपमा संक्रमण फैलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया