काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएको गम्भीर आपत्ति जनाएका छन् ।
उनले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताए ।
बालुवाटारमा बसेको बैठकको बैधानिकता नभएको दाबी गरेका छन् ।
मंगलवार (आज) दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय समितिको बैठकको बैधानिकता नभएको र आफ्नो तर्फको बैठकले नै बैधानिकता पाएको बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले भने, “६५ प्रतिशत केन्द्रीय सदस्यहरु उपस्थित रहेको र केही आउँदै गरेकाले नियम,कानून र संविधान अनुसार बैधानिक नेकपा आफूहरु रहेको दाबी गरेका छन् । निर्वाचन आयोगलाई म भन्न चाहन्छु यहाँ ६५ प्रतिशत केन्द्रीय सद्स्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो बैधानिक नेकपा हो । बालुवाटारमा चलेको भेला बैधानिक छैन । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया