वामदेव निवास भैँसेपाटीमा शीर्ष नेताहरुको भेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् ।

दिउँसो १ बजे आफूपक्षीय केन्द्रीय समितिको बैठक बोलाइएको सन्दर्भमा उपाध्यक्ष वामदेव गौतमको निवासमा छलफल भइरहेको हो ।

ललितपुर भैँसेपाटीस्थित नेकपा उपाध्यक्ष गौतम निवासमा, वरिष्ठ नेताहरु झलनाथ खनाल ,माधव कुमार नेपाल र नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठबीच भेटवार्ता शुरु भएको हो।

त्यस्तै प्रधानमन्त्री समेत नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा केन्द्रीय समिति बैठक शुरु भएको छ ।

बैठक महासचिव विष्णु पौडेलले सञ्चालन गरेका छन् भने स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझिले स्वागत मन्तब्य दिएका छन् । यद्यपी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल आजको बैठकमा समेत अनुपस्थित रहेका छन् । यसअघि सोमवारको बैठकमा ओली र प्रचण्ड दुवै समूहको बैठकमा अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?