काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपाल सोमवार एनसीबीको अफिस पुगेका छन् ।
यो भन्दा पहिला उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछका लागि बुधवार (१६ डिसेम्बर) मा नोटिस पठाएको थियो । तर निजी कारण देखाउँदै उनले २१ डिसेम्बरसम्मको समय माग गरेका थिए ।
आज २१ डिसेम्बरमा भने उनले आफ्नो साथमा केहि पेपर लिएर एनसीबी अफिस पुगेका हुन् । उनको घरबाट इलेक्ट्रोनिक्स डिभाइसको रिपोर्ट आएपछि उनलाई दोश्रो पटक एनसीबीले नोटिस पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया