प्रधानमन्त्री ओलीले गरे आफू निकटका नेता तथा मन्त्रिहरुसँग भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरुसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे, पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ लगायत प्रधानमन्त्री निकटका नेता तथा मन्त्रिहरुको उपस्थिति रहेको छ ।

यसअघि आइतवार प्रधानमन्त्री ओलीले चारवटै निकायका सुरक्षा प्रमुखहरुसँग भेटघाट तथा छलफल गरेका छन् । संसद विघटनसँगै देशमा हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसद विघटन गरेसँगै देशको राजनीतिक माहोल तरंगित बनेको छ । प्रधानमन्त्री ओलीको कमदबाट असन्तुष्ट रहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले समेत आफू निकटका नेताहरुलाई बैठक आह्वान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?