निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा आज (आईतवार) अपरान्ह छलफल गरेका छन् ।

संसद विघटनपछि उनले आज अपरान्ह बालुवाटारमा निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचनको सम्बन्धमा छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?