लद्दाखमा चिनियाँ राष्ट्रपतिले तैनाथ गरे नयाँ जनरल

काठमाडौं । छिमेकी देशहरुसँगको सीमा विवादका बीच चिनियाँ राष्ट्पति शी जिनपिङले आफ्नो सेनामा एक नयाँ जनरल नियुक्त गरेका छन् । उनले पूर्वी लद्दाखमा नयाँ जनरल नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

केन्द्रिय मिलिट्री आयोगका मुखियाको रुपमा उनले जनरल झेंग गांगलाई उक्त क्षेत्रमा नियुक्त गरेका छन् ।

उनले पीपुल्स लिबरेशन आर्मीको वेस्टर्न थिएटर कमाण्डको कमाण्डर नियुक्त गरेका हुन् । यो खबरको पुष्टि शिन्हुआले शुक्रवार गरेको थियो । जनरल झेंगले ६५ वर्षीय जनरल झाओ जांगको ठाउँ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?