काठमाडौं । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीले शनिवार एक ठूलो उपलब्धी हात पारेका छन् । उनले एक क्लवका लागि सबैभन्दा धेरै गोल गरेका छन् । उनले एकै क्लवबाट ६४३ गोल गरेर ब्राजिलियन लेजेण्ड पेलेको रेकर्ड बराबरी गरेका हुन् ।

मेस्सीले स्पेनिश क्लव बार्सिलोनाका लागि अहिलेसम्म ७८४ म्याचमा ६४३ गोल गरेका छन् ।
यसमा उनले २७८ गोल असिस्ट पनि गरेका छन् । पेलेले मेसीको यो रेकर्डमा बधाई दिएका छन् । उनले आफू पनि मेसीको ठूलो फ्यान रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया