काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको संसद विघटनको सिफारिस लोकतन्त्रको मूल्य र मान्यता विपरित भएको बताएका छन् ।
साथै उनले संसद विघटनको सिफारिश राष्टपतिले स्वीकार्न नहुने पनि जोड दिए ।
प्रधानमन्त्रीले देशलाई सधै अस्थिरता र संकट तिर धकेलेको र लोकतन्त्रलाई नोक्सान पुर्याउने कदम बन्द गरीनुपर्ने जनाएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र लामो समयदेखि चल्दै आएको द्वन्द्वका बीच प्रधानमन्त्री ओलीले एकल बहुमतको सरकारका बाबजुद संसद विघटनको प्रस्ताव गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया