संसद विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी : नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटनको प्रस्ताव असंवैधानिक र अविवेकी रहेको बताएका छन्।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अलोकतान्त्रिक कदम भएको र यसलाई लागु हुन नदिने पनि बताएका छन् ।

आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक रहेको बताएका छन् ।

साथै नेता रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?