काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बोलाएर संसद विघटनको विषयमा विभिन्न कोणबाट आलोचना भइरहेको छ ।
यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक रहेको बताएका छन् ।
साथै नेता रिजालले बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्नेमा जोड दिएका छन् ।
त्यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको असंवैधानिक र अविवेकी भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया