सुमी र बिजुलाई ‘डान्सिङ्ग विथ द स्टार्स’को उपाधि

काठमाडौं । डान्सिङ रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले जितेको छ । गएराति भएको फिनालेमा उनीहरुले शोको उपाधि उचालेका हुन् ।

वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै यो जोडी विजेता बनेको हो। बिजेताले नगद २० लाखसहित अन्य विभिन्न पुरस्कारहरू पाएका छन्।
यस्तै फस्ट रनरअप बुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य (मुन्नी) र सुभम् भुजेलको जोडीले जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?