काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली हम्मेसी अरू नेताका घर धाउँदैनन्। ओलीले शनिबार भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार जाने निधो अघिल्लो दिन नै गरेका थिए। नेकपामा अन्तरसंघर्ष झन् चर्किंदै गएका बेला शुक्रबारै ओलीले बालुवाटारमा दाहालसँगको भेटमा भनेका थिए, ‘भोलि (शनिबार) बिहान म तपाईं (दाहाल)कहाँ नै चिया पिउन आउँछु। थप त्यहीँ छलफल गरौँला।’
दाहालले आफू मात्रै कति बालुवाटार धाउने भन्दै ओलीलाई आफ्नो निवासमा पनि कहिलेकाहीँ छलफलमा आउँदा हुन्छ नि भन्ने आग्रह गर्दै आएका थिए। प्रधानमन्त्रीले नै खुमलटार आउने भनेपछि दाहालले प्रधानमन्त्रीलाई स्वागत गर्न आतुर रहेको जवाफ फर्काएका थिए। त्यसपछि दुई अध्यक्षको छलफलमा समय तय भयो– शनिबार बिहान १० बजे खुमलटारमा सँगै चिया पिउने। अनि पार्टीभित्रका समस्या समाधानका लागि छलफल गर्ने।
दाहालले ओली आफूकहाँ छलफलमा आउन लागेको जानकारी निकट नेताहरूलाई गराएका थिए। ओलीसँग हुने छलफलपछि दाहालले आफूसँगै मोर्चाबन्दीमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतसँग पनि छलफल गर्ने ‘सेडुअल’ पहिले बनाएका थिए।
नेकपाको आइतबार बस्ने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा ओली शनिबार नेताहरूको निवासमै अर्थपूर्ण दौडधुपका लागि निस्कन लागेका थिए। तर, शनिबार ओली दाहाल निवास निर्धारित समयभन्दा एक घण्टा ढिला पुगे। अर्थात् १० बजेर ५५ मिनेटमा ओलीको खुमलटारमा ‘इन्ट्री’ भयो। दाहालले ओलीसँग बढीमा एक घण्टा छलफल हुने र त्यसपछि आफूले अन्य नेतासँग संवाद गर्ने गरी उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपाललगायतसँगको भेट तालिका तय गरेका थिए।
जसमध्ये गौतमलाई बिहान साढे ११ बजे र वरिष्ठ नेता नेपाललाई सवा १२ बजे भेट्ने तालिका दाहालको थियो। दाहालसँग ओलीको संवाद सवा १२ बजेसम्म लम्बिएको थियो। त्यहीबीच दाहालले साढे ११ बजे खुमलटारमा बोलाएका उपाध्यक्ष गौतम समयभन्दा १० मिनेटअगावै खुमलटार पुगिसकेका थिए। एक्लाएक्लै संवादमा बसिरहेका ओली र दाहाल आआफ्नै अडानमा थिए। स्रोतका अनुसार ओली भन्थे, ‘तपाईं ९दाहाल०को प्रस्ताव आरोपपत्र नै हो, लाञ्छनापत्र नै हो। त्यो लाञ्छनापत्र फिर्ता लिनुस्, अन्य विषयमा दुई अध्यक्ष मिलेर अगाडि जान म तयार नै छु।’
तर, दाहालले ओलीको प्रस्ताव स्विकारेनन्। ओली र दाहाल आआफ्ना पूर्ववत् अडानमा रहँदै कुरा गरिरहेका बेला गौतम सीधै छलफलमा मिसिन पुगे। आमनेसामने भएर छलफल गरिरहेका ओली–दाहालको वल्लो छेउमा बसेर गौतम त्यसपछि दुई अध्यक्षको संवाद सुन्न थाले। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया