रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित

एजेन्सी । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा पार्माविरुद्ध युभेन्टसले फराकिलो जित निकालेको छ । इन्निओ टार्डीनी स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोली पार्मामाथि ४-० गोल अन्तरको जित निकालेको हो।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा डेजन कुलुसेभ्स्की र अर्भेरो मोराटाले १/१ गोल गरे।

जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको युभेन्टसले इन्टर मिलानसँग अंक बराबरी गरेको छ। १२ खेल खेलेको इन्टर मिलान २७ अंकसहित दोस्रो स्थानमा छ भने १३ खेल खेलेको युभेन्टस समान २७ अंकसहित दोस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा २८ अंकसहित एसी मिलान छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?