सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी, कांग्रेस निकट कानुन व्यवसायीको वर्चस्व

काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी रविनारायण खनाललाई पराजित गर्दै अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । विजयी भएका शाक्यले २९५ मत ल्याए भने खनालले २५० मत ल्याए ।

कांग्रेस निकट कानुन व्यवसायीको संगठनबाट उम्मेदवार बनेका शाक्यले सत्तारुढ नेकपा निकट प्यानलका उम्मेदवार रविनारायण खनाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहले जितेको छ।

यसैगरी नतिजाअनुसार उपाध्यक्षमा मुकुन्द प्रसाद पौडेल विजयी हुँदा सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोद कुमार कार्की विजयी भए ।

कार्यसमिति सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलक विक्रम पाण्डे, विकास भट्टराई, राजेन्द्र प्रसाद शाह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी, निर्मला भण्डारी र दीप नारायण शाह विजयी हुँदा महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएकी छिन् ।

१५ सदस्यीय कार्यसमितिमा लोकतान्त्रिक समूहले अध्यक्ष र मुख्य पदाधिकारीसहित दश स्थानमा जित हासिल गरेको छ। प्रगतिशील समूहले उपाध्यक्षसहित चार सदस्यमा जित हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?