यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २८७ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये १२१ जना महिला र १६६ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै ३ हजार ९४४ सक्रिय केस रहेका छन् भने ८९ हजार ८७४ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४५३ जनाको मृत्यु भएको छ भने ९४ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा ३११ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ११० जना निको भएका छन् । त्यस्तै हालसम्म ९७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५९८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै १३ हजार ८४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४० जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ७३० जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार २९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ६१ हजार ४३० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४२७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?