साउदीअरब भ्याक्सिनेशन शुरु गर्ने छैटौँ देश, स्वास्थ्य मन्त्रीले लगाए पहिलो भ्याक्सिन (भिडियो)

काठमाडौं । साउदी अरबले बिहीवार आफ्नो देशमा कोरोना भ्याक्सिन लगाउने अभियान शुरु गरेको छ ।

पहिलो भ्याक्सिन देशका हेल्थ मिनिस्टर डाक्टर तौफीक अल रबिहले लगाएका छन् । मिनिस्ट्री अफ हेल्ले सोसल मिडियामा यसको जानकारी दिएको छ ।

देशमा हालसम्म तीन लाख ६० बलार ५१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ९१ जनाले ज्यान गुमाएका छन् ।

भ्याक्सिन लगाइसकेपछि डाक्टर तौफीकले यो एक ठूलो समस्या सकिने शुरुवात भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?