काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुरु भएको छ ।
बिहान साँढे १० बजेका लागि बोलाइएको बैठक केहिबेर अघि मात्रै संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुरु भएको हो ।
आजको बैठकमा सरकारले ल्याएको पछिल्लो अध्यादेश लगायत समसामयिक विषयमा छलफल साथै स रकारविरुद्ध कांग्रेसको आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ ।
बुधवार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो ।
यद्यपी सरकारले मंगलवार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिने निर्णय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया