पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको भेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादका कारण गुटगत भेलाहरुले तीव्रता पाउन थालेका छन् ।

यसैक्रममा शुक्रवार (आज) नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी कार्यालय पेरिसडाँडामा भेला बोलाइएको छ ।

प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा प्रदेश नं १ को भेलाको आयोजना गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन जिल्ला अध्यक्ष र सचिव साथै प्रदेश नं १ का केन्द्रीय सदस्यहरुलाई भेलाको लागि बोलाइएको हो ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त बैठक दिउँसो १ बजे बस्नेछ ।

पार्टी भित्रको विवाद चर्किरहेका बेला मंगलवार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशपछि प्रचण्ड नेपाल समूह झनै रुष्ट बनेका छन् । बुधवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग अध्यादेश फिर्ता लिने सहमती गरेका छन् । तर अध्यादेश फिर्ता लिइएको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?