लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

३२ वर्षिया लेवान्डोस्की पोल्याण्डका अन्तर्राष्ट्रिय फरवार्ड हुन् । उनले सन् २०२० मा ४७ खेल खेल्दा ५५ गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेस लिगासहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए ।

यसैगरी लुसी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । ब्रोन्जले डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि जितेकी हुन्। २९ वर्षे रक्षक ब्रोन्ज फिफा अवार्ड जित्ने इङ्ल्यान्डको पहिलो खेलाडी बनेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?