पूर्वकप्तान विनोद दास क्रिकेट म्यानेजरमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका रुपमा नियुक्त गरेको छ । त्यस्तै रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको पनि संघले जनाएको छ ।

साथै,नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?