काठमाडौं । अष्ट्रेलिया र भारतबीचको ४ टेस्ट सीरीजको पहिलो म्याच अहिले एडिलेड ओवलमा भइरहेको छ ।
यो डे नाइट टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले अहिलेसम्म ३ विकेट गुमाएर ६९ ओभरमा १५४ रन बनाएको छ ।
अहिले कप्तान विराट कोहली र उपकप्तान अंजिक्य रहाणे क्रिजमा रहेका छन् । कोहलीले टेस्ट करियरमा २३ औँ अर्धशतक बनाएका छन् ।
उनले अहिलेसम्म १६३ बलमा ६६ रन बनाएका छन् भने अंजिक्य रहाणेले ५५ बलमा २० रन बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया