काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साख जोगाउन आग्रह गरेका छन् ।
चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।
सो क्रममा मन्त्री श्रेष्ठले पाटी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताएका छन् । साथै वर्तमान केपी ओली नेतृत्वको सरकारले पूरै कार्यकाल रहनेमा जोड दिएका छन् । उनले भने, “तपाईहरु ढुक्क हुनुहोस, हामी कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैँनौ । प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ ।”
पार्टीलाई फुटको संघारबाट जोगाउन खबरदारी गर्दै उनले भने, “खबरदार पार्टी फुटाउन पाइदैन, पार्टी फुटे अपार जनताको मन रुन्छ । त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ ।”
उनले जनताको चाहना अनुसार विकास निर्माणको कामले तिब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताए ।
“मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पुर्याउने छु”, जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भने, “आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौँ ।” उनले सरकार र पार्टीबिच कुनै असमझदारी नरहेको स्पष्ट पार्दै उनले भने, “यदि त्यसो हुन गए तपाईहरुले खबरदारी गर्नुपर्छ ।”
कार्यक्रममा बागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताए। कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराएका थिए ।
उनले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने, “अहिलेको सरकारले विकासको कामलाई तिव्रता दिएको छ , यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ ।”
साथै स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नसमेत उनले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया