महिलाले गाँजा र ड्रग्स सेवन गरेर दूध खुवाउँदा बच्चाको मृत्यु

काठमाडौं । अमेरिकामा एक महिलामाथि ड्रग्स सेवन गरेर बच्चालाई दूध खुवाउँदा बच्चा मरेको आरोप लागेको छ ।

प्रतीकात्मक तस्वीर

३१ वर्षीया ओटम ब्लेन्सेटको शरीरमा मिथेमफेटामिनको धेरै मात्रा पाइएको जनाइएको छ । उनले गाँजा र ड्रग्स खाएर आफ्ना तीन महिनाका बच्चालाई दूध खुवाएकी थिइन् ।

प्रतीकात्मक तस्वीर

अमेरिकाको न्यू ओरलिएन्समा बस्ने उनको घरमा मेडिकल टीम पुग्दा बच्चाको निधन भइसकेको थियो ।

प्रतीकात्मक तस्वीर

अहिले उक्त केसमा पुलिसले अनुसन्धन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?