काठमाडौं । मंगलवार सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ ।
यसै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद अधिवेशका लागि तत्कालै निवेदन दिनेबारे छलफल गर्न आग्रह गरेका छन् ।
सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै नेता थापाले उपसभामुखको निर्वाचन नभएसम्म संसदको अधिवेशन ठप्प गर्ने र संवैधानिक परिषद्को बैठक अस्वीकार गर्न समेत आग्रह गरेका छन् ।
साथै सडक र सदनबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सरकारलाई बाध्य पार्न समेत पार्टी सभापति देउवालाई सुझाव दिएका छन् ।
आज बैठक बस्दै हुनुहुन्छ @DeubaSherbdr फेरी विनम्र अनुरोध!
संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ।
उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।
उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।— Gagan Thapa (@thapagk) December 16, 2020
तत्कालै अर्को ट्वीट गर्दै पार्टी सभापति तथा पदाधिकारीहरुलाई सम्बोधन गर्दै नेता थापाले बैठकमा सरकार बरालिएको कुरा बताएको तर त्यसलाई राम्ररी मनन नगर्दा आजको परिस्थिती आएको नेता थापाको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया