काठमाडौं । ओम राउतको निर्देशनमा बन्न लागेको फिल्म आदिपुरुष कानूनी रुपमा फसिरहेको देख्न सकिन्छ ।
उत्तर प्रदेशका एक वकीलले फिल्म निर्मातासहित अभिनेता सैफ अली खानविरुद्ध केस दर्ता गराएका छन् ।
जसमा सैफले दिएको विवादित बयानलाई आधार बनाइएको छ । यो घटना उत्तर प्रदेशको जैनपुर जिल्लामा अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट अदालतमा रहेको छ ।
सिभिल कोर्टका वकील हिमांशु श्रीवास्तवले सैफले धार्मिक भावनासँग खेलवाड गरेको आरोप लगाउँदै उपेन्द्र विक्रम सिंहको सहयोगमा याचिका दायर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया