काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपाललाई दोश्रो पटक नोटिस पठाएको छ ।
उनलाई बिहान ११ बजेसम्म एनसीबी अफिस पुग्न भन्दै नोटिस पठाइएको थियो ।
यसअघि १३ नोभेम्बरमा पनि उनलाई एनसीबीले बोलाएर ७ घण्टा लामो सोधपुछ गरेको थियो । रामपालको घरबाट इलेक्ट्रोनिक्स डिभाइसहरु बरामद भएका थिए ।
उनलाई हाल भने ड्रग्स कारोवारीले फेरि नाम लिएको भएर सोधपुछका लागि बोलाइएको बताइएको छ । उनले ज्ञघ नोभेम्बरमा एनसीबीलाई यस केसमा सक्दो सहयोग गर्ने बताएका थिए । उनको घरमा एनसीबीले ९ नोभेम्बरमा छापा मारेको थियो ।
![]()
उनकी प्रेकीका ग्यात्र्रिएला डेमेट्रियाससँग पनि एनसीबीले ११ र १२ नोभेम्बरमा सोधपुछ गरेको थियो ।
उनका ड्राइभरलाई पनि हिरासतमा लिएर सोधपुछ गरिसकिएको छ ।
यसैबीच उनकी प्रेमीकाका भाई अगिसिलाओसलाई चरेस र अल्प्राजोलमा पाइपछि गिरफ्तार गरेको थियो ।
जसमा उनलाई मंगलवार रिहा गरिएको हो । ५० हजार धरौटीमा उनलाई रिहा गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया