नयाँ दिल्ली । भारतले ‘सीमापार आक्रमणको गतिविधि’का लागि भइरहेको घुसपैठ पाकिस्तानी सशस्त्र बलको संलग्नता बिना सम्भव नभएको बताएको छ ।
भर्चुअल साप्ताहिक ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘२००३ को युद्धविराम सम्झौतामा हस्ताक्षर भए पनि पाकिस्तानले सीमापार घुसपैठ’ मा सहयोग गरिरहेको र आतंकवादिहरुलदाई थप बल पुर्याइरहेको छ ।’
‘२००३ को युद्धविराम सम्झौताको बाबजुद पाकिस्तानले अझै पनि घुसपैठहरूलाई सीमा क्षेत्रमा संरक्षण गरिरहेको छ । उनीहरुलाई भारत प्रवेशमा सहयोग गरिरहेको छ । नियन्त्रण रेखामा तैनाथ पाकिस्तानी सशस्त्र बलको संलग्नता बिना आक्रमण गर्ने गतिविधिहरू सम्भव छैनन्,’ उनले भने ।
आतंककारीहरुलाई लिएर आएका संदिग्ध ट्रकको बारेमा सूचना प्राप्त भएपछि जम्मू १६० बटालियन, १३७ बटालियन, केन्द्रीय रिजर्व पुलिस बल र जम्मू-काश्मिर प्रहरीको विशेष अपरेशन समूहको फौज ड्यूटीमा थिए । यसपछि, बिहान ८ बजे टोल प्लाजा नजिक ट्रकलाई रोक्न खोज्दा सेना र आतंककारीहरूकोबीच मुठभेड भएको थियो ।
उक्त भिडन्तमा चारजना आतंककारी मारिएपछि उनीहरुबाट ११ एके ४७ राइफल, पेस्तोल, २ केजी ग्रेनेड र अन्य उपकरणहरु बरामद गरिएको हुन् । उनीहरूले कुनै ठूलो आक्रमण गर्ने मनसायले घुसपैठ गरेका थिए र काश्मीर उपत्यकातिर लागेको पाइएको थियो ।
कुलभूषण जाधव मुद्दाको प्रश्नको जवाफमा एमईएले पाकिस्तानले अन्तर्राष्ट्रिय अदालतको २०१९ को फैसलामा कारबाही गर्न बाँकी छ । यसमा पाकिस्तानी सरकारले कन्सुलर सम्बन्धी भियना सम्मेलनको गम्भीर उल्लंघन गरेको छ ।
‘कुलभूषण जाधवको अन्तर्राष्ट्रिय अदालतको २०१९ को फैसला पाकिस्तानले हालसम्म कार्यान्वयन गरेको छैन । हामी विश्वास गर्दछौं कि आईसीजेको फैसला राम्रो भावनाले कार्यान्वय गरिनु पर्छ’ श्रीवास्तवले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया