बराबरीमा रोकियो सिटी

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले बराबरी खेलेको छ । मंगलवार राति भएको खेलमा सिटीले घरेलु मैदान ईतिहादमा रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा अग्रता सिटीले एल्के गुन्डोगानको गोलमा लिएको थियो ।

पहिलो हाफको अन्तिम समयमा सिटीका रुबिन डायसले आत्मघाति गोल गरेपछि वेस्ट ब्रुम खेलमा फर्कियो ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् ।

सिटी २० अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ भने, रेलिगेशन क्षेत्रमा रहेका वेस्ट ब्रुमले ७ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?