काठमाडौं । जितसँगै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।
मंंगलवार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको हो ।
जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ ।
![]()
एथ्लेटिकोका राहुल गर्सिया सुरुवातमै रातो कार्ड खादै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा सिमिति बनेको थियो ।
टोनी क्रुसको गोलमा रियलले पहिलो हाफमा १–० ले अग्रता लिएको थियो । दोस्रो हाफ शुरु भए लगत्तै एन्डर कापाले ५२ औं मिनेटमा पाहुना टोली एथ्लेटिकोलाई बराबरीमा ल्याए ।
![]()
करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए । उनले खेलको ७४ औं मिनेट र ईन्जुरी समयमा गोल गर्दै रियललाई विजयी बनाए ।
रियलले तालिकामा बार्सिलोनासँग ९ अंकको अग्रता लिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया