मड्रिड । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ । गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै रियल शीर्ष क्लबमा उक्लिएको हो ।
रियलको जितमा टोनी क्रुसले सुरुवाती गोल गर्दा करिम बेन्जिमाले लगातार दुई गोल गरेका थिए । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।
शीर्ष स्थानमा रहेका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले भने रियल तेस्रो स्थानमा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया