नेकपाका प्रवक्ता भन्छन्- “पार्टीलाई थाहै नदिई ल्याइएको अध्यादेश तत्काल फिर्ता होस्”

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । श्रेष्ठले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस विषयमा पार्टीलाई कुनै जानाकारी समेत नभएको र यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो।त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।’ उनले थपेका छन्, ‘ अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आईसकेको छ।यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ ।तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।’

अध्यादेश जारी गरिएपछि पनि पार्टीमा कुनै छलफल नभएको भन्दै बुधबार बस्ने स्थायी कमिटीको बैठकमा छलफल हुन सक्ने उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?