राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने ? : गगन थापा

काठमाडौं । सरकारले मंगलवार (आज) ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा व्यापक आलोचना शुरु भएको छ ।

यसै क्रममा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले संसद बन्द गराएर अध्यादेश जारी गरेको भन्दै आपत्ती जनाएका छन् । सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै सांसद थापाले संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँग साठगाँठमा अध्यादेश जारी गर्ने ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।

“संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने !” उनले भने ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारको असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने बताएका छन् । त्यसको लागि सडक र सदन र जनताको शक्ति र साथबाट सरकारको कदमलाई असफल बनाउने उनले बताए ।

“K P Sharma Oli सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट१ जनताको साथ र शक्तिबाट !!” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?