काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै विभिन्न नेपाली राजनीति तरंगित भएको छ ।
यसलाई लिएर विभिन्न टिप्पणी र कटाक्ष भइरहेका बेला पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन् :
त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत् बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् त्यत्रो वलिदान मार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो तरुअर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ।
भएको के हो ?
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।
आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।
बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।
यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवार पनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया