अध्यादेशले ल्यायो राजनीतिमा तरंग : रविन्द्र मिश्र के भन्छन् ?

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै विभिन्न नेपाली राजनीति तरंगित भएको छ ।

यसैबीच विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यो विडम्वनाको चक्र नतोडेसम्म देशले राहतको श्वास फेर्नै नसक्ने बताएका छन् ।
उनले लेखेका छन् :
देश हाँक्ने सबैभन्दा विशिष्ठ व्यक्तित्वहरू बस्ने थलो – संवैधानिक परिषद। त्यही ठाउँमा हुन्छ भागबण्डा र गन्धा खेल। अदालतरप्रहरीरप्रशासन सबै ठाउँमा त्यस्तै छ। र, तिनले बोलाए भने तिनकै समर्थनमा निस्किन्छन् दशौँ हजार नागरिक। यो विडम्वनाको चक्र नतोडेसम्म यो देशले राहतको सास फेर्नै सक्दैन।

भएको के हो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।

आजको लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।

बैठकमा कोरम संख्या नपुगेपछि आजको लागि बोलाईएको बैठक पुनः साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको हो ।

यसअघि आइतवार बैठक बोलाइएको थियो । तर आइतवारपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?