कंगनाको ऋतिक रोशनलाई प्रश्न : छोटो अफेयरको लागि कहिलेसम्म रुन्छौ ?

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशनबीच भएको ४ वर्ष पुरानो विवादको अनुसन्धान मुम्बई क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स यूनिटलाई दिइएको छ ।

यो खबर आएपछि कंगनाले ऋतिकमाथि निशाना साँधेकी छन् ।

उनले यसलाई अभिनेताको रुवबासीको संकेत दिएकी छन् । साथै उनले एउटा छोटो अफेयरको लागि कहिलेसम्म रुने भन्दै अभिनेतासँग प्रश्न गरेकी छन् ।

उनले आफ्नो सोसल मिडियामा लेखेकी छन्, ‘उसको रुने कहानी फेरि शुरु भयो, हाम्रो ब्रेकअप र उसको सम्बन्ध बिच्छेदको केहि वर्ष बितिसके, कसैलाई न डेट गर्न सकेको छ, न म केहि आशा राख्न सक्छु, उ नै ड्रामा शुरु गर्दछ, ऋतिक कहिलेसम्म रुन्छौ एउटा सानो अफेयरको लागि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?