इजरायलका प्रधानमन्त्री क्वारेन्टाइनमा

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू क्वारेन्टाइनमा बसेका छन् । उनी एक संक्रमितको सहयोगीको सम्पर्कमा आएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी शुक्रवारसम्म क्वारेन्टाइनमा रहनेछन् । आईतवार र सोमवार उनका दुई कोरोना टेस्ट गरिएको छ ।

दुबै रिपोर्ट नेगेटिभ आएको छ । इजरायलमा अब ३ लाख ५८ हजार २९३ मानिस संक्रमित भएका छन् भने तीन हजार मानिसको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?