मोडर्ना भ्याक्सिन कम्पनी साइबर अट्याकको शिकार, नेदरल्याण्ड्समा क्रिसमस पहिला पाँच हप्ता लकडाउन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच विश्वका केहि देशहरुले भ्याक्सिनेशन शुरु गरेका छन् । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भ्याक्सिन कम्पनीमा साइबर अट्याक भएको छ ।

मोडर्ना भ्याक्सिन कम्पनी यसको शिकार बनेको छ । कम्पनीले स्वयं यसको पुष्टि गरेको हो । सोमवार कम्पनलिे साइबर अट्याक भउको र महत्वपूर्ण जानकारी चोरी भएको बताएको छ ।

यसैबीच नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले देशमा पाँच हप्ता कडाइका साथ लकडाउन गरिने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि तत्काल यो बाहेक अन्य उपाय नभएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?