इलेक्टोरल कलेजमा बाइडेनलाई ३०६ भोट, ट्रम्प शपथ समारोहमा सहभागी नबन्ने

काठमाडौं । डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन नै अबको अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको छ ।

इलेक्टोरल कलेजमा पनि बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन् । सोमवार भएको भोटिङमा बाइडेनले ३०६ र ट्रम्पले २३२ भोट पाएका हुन् ।

बहुमत हासिल गर्नको लागि जम्मा २७० भोटको आवश्यक पर्दछ । यसको औपचारिक घोषणा भने ६ जनवरीमा हुनेछ ।

बाइडेनले अब राष्ट्रपतिको शपथ २० जनवरीमा लिँदैछन् । तर उक्त शपथ समारोहमा राष्ट्रपति ट्रम् पभने नजाने भएका छन् ।

पारम्पिरिक रुपमा चुनाव हार्ने राष्ट्रपति शपथ समारोहमा जाने चलन रहेको छ । त्यहाँ सहभागि बनेर नयाँ राष्ट्रपतिलाई बधाई दिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?