चोट बोकेका नेयमार बार्सिलोनाविरुद्धको खेलमा मैदान उत्रने सम्भावना

काठमाडौं । फ्रेन्च लिग वानमा खेल्ने क्रममा शनिवार नेयमारको खुट्टामा लागेको थियो । प्रारम्भिक परिक्षणले नेयमारको चोट गम्भिर नभएको देखिएको छ । लिग वानमा लियोनसँग १–० ले पराजित बनेको खेलमा नेयमारले चोट बोकेका थिए ।

प्रारम्भिक रिपोर्टले नेयमारको सल्यक्रिया गर्न नपर्ने देखिएको छ । मैदान छाड्ने क्रममा उनलाई स्ट्रेचरमा राखेर निकालिएको थियो । नेयमारले रुदै मैदान छोडेका थिए ।थप परिक्षण पछि नेयमार मैदान फर्कने विषय टुङ्गो लाग्ने बताईएको छ । नेयमार चाँडै मैदान फर्कने अपेक्षा गरिएको छ ।

च्याम्पियन्स लिगको नकआउट चरणको खेल तालिका सार्वजनिक भएपछि सबैको ध्यान पिएसजी र बार्सिलोनाको खेलले तानेको छ । पिएसजीका स्टार नेयमारले चोट बोकेपछि उनी खेलमा फर्किन्छन वा फर्किन्न् भन्नेमा सबैको चासो रहेको छ ।

च्याम्पियन्स लिगको ड्र अनुसार नेयमारले अन्तिम १६ मै पूर्व क्लबविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो ।

पिएसजीले प्रारम्भिक परिक्षणले नेयमारको चोट गम्भिर नभएको देखिएपछि नेमार बार्सिलोनाविरुद्धको खेलमा मैदान उत्रिने विश्वास गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?