काठमाडौं । गणपूरक संख्या नपुगेपछि आज बसेको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ ।
यसअघि आइतवारका लागि बोलाइएको बैठक पनि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।
यसअघि (आइतवार) को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा अनुपस्थित भएसँगै बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार बैठक स्थगित भएपनि पनि बेलुका ५ बजे पुनः बोलाइएको छ ।
संविधान अनुसार संवैधानिक परिषद्मा ६ सदस्य रहनेछन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, र विपक्षी दलका नेता रहनेछन् । परिषद्को बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्री सहित ५ जना अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
अहिले प्रधानमन्त्री सहित पाँच जना मात्रै परिषद्मा रहेकाले एक जना अनुपस्थित भएमात्रै पनि बैठक बस्न सक्दैन् । बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा पुगेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग लगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ती गर्नुपर्ने भएपछि प्रधनमन्त्री ओलीले परिषद्को बैठक आव्हान गरेका हुन् । आइतवार बोलाइएको बैठकमा पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक सरेको थियो ।
सत्तारुढ र प्रतिपक्षी दलको भागबण्डा नमिल्दा धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन ।
यो पनि
शुरु भयो संवैधानिक परिषद्को बैठक, सभामुख अनुपस्थित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया