अबको अमेरिकी राष्ट्रपति बाइडेन नै बन्ने पक्का : इलेक्टोरल कलेजमा पनि ट्रम्प पराजित

काठमाडौं । डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन नै अबको अमेरिकी राष्ट्रपति बन्ने भएका छन् । इलेक्टोरल भोटमा पनि बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन् ।

बाइडेनले इलेक्टोरल कलेज भोटमा ३०६ भोट ल्याएका छन् भने ट्रम्पले २३२ भोट मात्रै ल्याएका छन् । कुल ५३८ इलेक्टोरल भोट हुन्छन् ।

बहुमतको लागि २७० इलेक्टर्स भोटको आवश्यक पर्दछ । तर यस जितको औपचारिक घोषणा ६ जनवरीमा सीनेट र हाउस अफ चिफ रिप्रेजेन्टेटिभ्स मिलेर गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?