काठमाडौं । संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।
आइतवारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेपछि स्थगित गरिएकोमा केहीबेर अगाडी
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।
आइतवार डाकिएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अन्यौल भएको थियो ।
आजको बैठकमा देउवा उपस्थित भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा भने बैठकमा अनुपस्थित रहेका छन् ।
सत्तारुढ र प्रतिपक्षी दलको भागबण्डा नमिल्दा धेरै संवैधानिक आयोगहरुमा पदपूर्ति हुन सकेको छैन । आजको बैठकमा संवैधानिक आयोगहरुमा पदपूर्तिको विषयमा छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया