काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छन् । प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितामा पर्न सफल उनको कविता ‘नेपालको गीत’ले प्रथम स्थान हासिल गरेको हो ।
यस्तै यस्तै लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविताले तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया