काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । यूईएफएले सोमवार अन्तिम १६ को ड्र सार्वजनिक गरेको हो ।
सार्वजनिक ड्र अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

प्रि(क्वाटरफाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इटालियन टोली एटलान्टा भिड्दै छन् । च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ ।

बोरुसिया डर्टमण्डले सेभियासँग खेल्नेछ । इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ ।
त्यस्तै इटालीको युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ । म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाकसँग खेल्नेछ ।
प्रि-क्वाटरफाइनल खेलहरु फेब्रुअरी तेस्रो सातादेखि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया