काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड हुलियरको मृत्यु भएको छ । मुटुको बिरामी रहेका हुलियरको सोमवार ७३ वर्षको उमेरमा मृत्यु भएको हो ।
लिभरपुलले सोमवार उनको मृत्यु भएको पुस्टि गरेको छ । हुलियर सन् १९९८ देखि २००४ सम्म लिभरपुलको मुख्य प्रशिक्षक रहेका थिए ।
लिभरपुललाई उनले यूईएफए कप, लिग कप र एफए कप जिताएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया