काठमाडौं । किसानहरुको समस्या समाधान गर्न सरकारले चिनी उद्योगहरुलाई वार्तामा बोलाएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै माइतीघरमा किसानहरुले प्रदर्शन थालेपछि चिनि उद्योगीहरुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वार्ताका लागि बोलाएको हो ।
लामो समयदेखि किसानहरुले आफूहरुलाई उद्योगले समयमा रकम भुक्तानी नदिएको भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।
यसअघि पनि माइतीघरमा किसानहरुले प्रदर्शन गरेका थिए । दोस्रो पटकको आन्दोलनपछि सरकारले किसानहरुको मागप्रति चासो बोलाउँदै वार्ताका लागि बोलाइएको हो ।
अहिले मन्त्रलायमा सरकार र उद्योगीहरुबीच वार्ता चलिरहेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार पीडित किसानहरुको माग सम्बोधन हुनेगरी वार्ता शुरु भएको हो ।
यसअघि पनि मन्त्रालयले चिनि उद्योगीहरु र किसानहरुसँग सरकारले वार्ता गरेको थियो ।
गत पुस २८ गते दुई पक्षबीच ५ बुँदे सहमति गराएर किसानहरुलाई पठाइएपनि उक्त सहमति चिनी उद्योगहरुले एक वर्ष बित्नै लाग्दा समेत पुरा नगरेपछि किसानहरु पुनः आन्दोलनमा आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया