कलियुगमा महाभारत : श्रीमतीलाई जुवामा हारे, जुवाडेसँग जाँदिन भनेपछि एसिड प्रहार

काठमाडौं । भारतको बिहारस्थित भागलपुरमा महाभारतको कहानी कलियुगमा दोहोरिएको छ । त्यहाँ एक श्रीमानले श्रीमतीलाई जुवामा दाउ लगाएर हारेका छन् ।

जब श्रीमतीले जुवाडेसँग जान इन्कार गरिन् तब, प्राइभेट पार्टमा तेजाव प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सांकेतिक तस्वीर

यो घटना नोभेम्बरको भएको जनाइएको छ । पीडितका श्रीमानले श्रीमतीलाई जुवामा दाउ लगाएका थिए ।

जब उनले श्रीमती जुवामा हारे तब, उनले श्रीमतीलाई जित्नेसँग जान भने, तर श्रीमतीले नमाने पछि उनले श्रीमतीको प्राइभेट पार्टमा नै एसिड प्रहार गरेको बताइएको छ ।

पीडित महिलाका अनुसार यो भन्दा पहिला पनि श्रीमानले एसिड प्रहार गरेका थिए । पतिले श्रीमतीलाई घरमा कैद गरेर राखेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?