सरकारविरुद्ध सडकमा निस्किएको कांग्रेसलाई बाबुरामले किन दिए बधाई ?

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार(आज) देशभर गरेको प्रर्दशनमा समर्थन जनाएका छन् ।

आज कांग्रेसले देशभर सरकारविरोधी प्रदर्शन गरेको छ ।

ट्वीटरमा लेख्दै डा भट्टराईले वर्तमान केपी शर्मा ओली सरकारको निरंकुशता र कुशासन विरुद्ध सडकमा कांग्रेस सडकमा निस्किएको भन्दै बधाई दिएका हुन् । “ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ!” उनले भने ।

लोकतन्त्रको तीन प्रमुख क्षेत्रबारे प्रष्ट पार्दै डा. भट्टराईले सरकारमा सत्तापक्षको र सदन र सडकमा विपक्षीको अधिकार र कर्तव्य हुने बताएका छन् ।

साथै अब संसद बैठक बोलाउन पलह गर्ने भन्दै डा भट्टराईले जनता समाजवादी पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा जाने बताए ।

“भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ ! “उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?