जूही चावलाको झुम्का एयरपोर्टबाट गायब : अभिनेत्रीले गरिन् पुरस्कारको घोषणा !

काठमाडौं । बलिउड अभिनेत्री जूही चावलाको डायमण्डको झुम्का मुम्बई एयरपोर्टबाट गायब भएको छ ।

जसपछि उनले सोसल मिडियामा एक पोस्ट गर्दै खोजेर दिनेलाई पुरस्कार दिने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘बिहान (आईतवार) म मुम्बई एयरपोर्टको गेट नम्बर ४ मा गइरहेकी थिएँ, इमिरेट्स काउन्टरमा मैले चेकइन गरेँ, सेक्युरेटी चेक भयो, तर बीचमा मेरो डायमण्ड झुम्का झर्यो, यदि कसैले सहयोग गरे म धेरै खुशी हुने थिएँ,तपाईहरु पुलिसलाई जानकारी दिनुहोला, म तपाईलाई पुरस्कार दिनेछु, यो मैले १५ वर्ष यता लगाइरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?